डोनाल्ड ट्रम्प आफ्नो जैविक पिता भएको टर्किश महिलाको दाबी
सारांश
- टर्कीकी एक महिलाले आफू डोनाल्ड ट्रम्पको जैविक छोरी भएको दाबी गरेकी छिन्, र डीएनए परीक्षणको माग गरेकी छिन्।
- महिलाले आफूलाई सन् २०१७ मा आमाले दत्तक लिएको बताएकी थिइन्, र उनको जन्म ट्रम्पसँगको सम्बन्धबाट भएको दाबी गरेकी छिन्।
- अदालतले पहिले पितृत्व परीक्षणको माग अस्वीकार गरेपछि, महिलाले पुनरावेदन गरेकी छिन् र अमेरिकी दूतावासमा पनि निवेदन दिएकी छिन्।
अंकारा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा तानिएका छन् । टर्कीकी ५५ वर्षीया नागरिक नेक्ला ओजमेनले आफू ट्रम्पको जैविक छोरी भएको दाबी गरेकी छन् । उनले डीएनए परीक्षणमार्फत सत्य पत्ता लगाउन चाहेको बताएकी छन् ।
टर्कीको हुर्रियत पत्रिकासँग कुरा गर्दै ओजमेनले भनिन्, “म उहाँलाई कुनै समस्या गराउन चाहन्नँ । म केवल सत्य जान्न चाहन्छु ।” ट्रम्प सहमत भएमा डीएनए परीक्षणबाट आफ्नो दाबी प्रमाणित गर्न सकिने उनको भनाइ छ । ट्रम्प राम्रो पिता हुने विश्वास व्यक्त गर्दै उनले आफूलाई अस्वीकार नगर्ने आशा पनि गरेकी छन् ।
ओजमेन अंकारामै साती र दुर्सुन ओजमेनको छोरीका रूपमा हुर्किएकी थिइन् । तर सन् २०१७ मा आमाले आफूलाई दत्तक लिइएको जानकारी दिएको उनको भनाइ छ । आमाको गर्भपतनपछि ‘सोफिया’ नामकी एक अमेरिकी महिलाले आफ्नी छोरी उनीहरूलाई सुम्पिएको र उक्त बच्चा डोनाल्ड ट्रम्पसँगको सम्बन्धबाट जन्मिएको दाबी गरिएको ओजमेनले बताइन् ।
हाल ओजमेनसँग आफ्नो दाबी पुष्टि गर्ने ठोस प्रमाण छैन । तर उनले आफू, ट्रम्प र उनका सन्तानको अनुहार मिल्दोजुल्दो रहेको दाबी गरेकी छन् । ट्रम्प डीएनए परीक्षणमा सहमत हुनेमा आफू आशावादी रहेको पनि उनले बताइन् ।
गत सेप्टेम्बरमा अंकारास्थित पारिवारिक अदालतले ओजमेनको पितृत्व परीक्षणसम्बन्धी माग अस्वीकार गरेको थियो । प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर अदालतको थियो । टर्कीको कानुनअनुसार, विशेषगरी विदेशी नागरिक संलग्न मुद्दामा डीएनए परीक्षणको माग गर्न ठोस प्रमाण आवश्यक पर्छ ।
अदालतको निर्णयबाट ओजमेन निराश भने भइनन् । उनले उक्त फैसलाविरुद्ध पुनरावेदन अदालतमा निवेदन दिएकी छन् । साथै, टर्कीस्थित अमेरिकी दूतावास र अमेरिकी अदालतहरूमा पनि निवेदन पठाइसकेको बताउँदै त्यहाँबाट प्रतिक्रियाको प्रतीक्षामा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण