पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु, नियन्त्रणमा लिन वा मार्न आदेश
सुर्खेत । सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै जाँदा एक साताभित्रै तीन जनाको ज्यान गएको छ।
गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारु, पुस २६ गते सल्यान कालीमाटी गाउँपालिका–७ की धनसरी रावत र पुस २९ गते कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको हो। यी क्षेत्रहरू बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँसदाउरा गर्न र काम विशेषले जङ्गल आसपास जाने स्थानीयहरू निरन्तर जोखिममा परेका छन्।
बाघले मानिसका साथै घरपालुवा पशुचौपायामाथि समेत आक्रमण गर्न थालेपछि निकुञ्ज आसपासका बासिन्दामा चरम त्रास छाएको छ। स्थानीय वडाध्यक्ष मित्रलाल रिजालका अनुसार बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेपछि सर्वसाधारण दैनिक कामका लागि समेत घरबाहिर निस्कन डराउन थालेका छन्। डिभिजन वन कार्यालय सल्यानले बाघले दुई वटा गाईगोरु समेत मारेको पुष्टि गरेको छ।
अवस्था भयावह बन्दै गएपछि डिभिजन वन कार्यालय सल्यानले उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को प्रावधान अनुसार सिफारिस समितिले बाघलाई नियन्त्रण गर्न वा आवश्यक परे मार्ने निर्णय गरेको डिभिजन वन अधिकृत टेकबहादुर रावलले जानकारी दिए। यो आदेश कार्यान्वयनका लागि विशेषज्ञ टोली परिचालन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण