सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मूल्य घटेसँगै आजदेखि कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?

शुक्रबार, ०२ माघ २०८२, ०६ : २३
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ ।  नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप