कांग्रेस विवाद
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
शुक्रबार, ०२ माघ २०८२, ०९ : ५२
१
सारांश
- शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
- गगन–विश्व समूहले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद सुरु भएको छ।
- देउवा पक्षले आयोगमा आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्य राखेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।
स्रोतका अनुसार नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ ।
_BArxNzupKH.jpg)
गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ । यसले आयोग एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा छ । देउवा पक्षले आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले आयोगमा आफ्ना नेता कार्यकर्ता पठाएको बुझिएको छ ।
साथै कांग्रेसको तरुण दलले आयोग घेर्ने तयारी गरेको छ ।
_n9rkVL2jm4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण