प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीहरूले ठुलो रकम मागेको खुलासा
सारांश
- इरानमा प्रदर्शनका क्रममा मारिएका व्यक्तिका शव परिवारलाई फिर्ता दिन ठूलो रकम मागिएको खुलासा भएको छ।
- सुरक्षा निकायले शव बुझाउन १ अर्ब तोमानसम्म मागिरहेका छन्, रकम नबुझाउँदासम्म शव नदिने भनिएको छ।
- तेहरानमा एक कुर्द मूलका निर्माण मजदुरको परिवारले शव लिन जाँदा १ अर्ब तोमान तिर्नुपर्ने भनियो।
तेहरान । इरानमा हालै भएका व्यापक विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिका शव परिवारलाई फिर्ता दिन ठुलो रकम मागिएको खुलासा भएको छ । बीबीसीसँग कुरा गरेका मृतकका परिवारजनका अनुसार सरकारी सुरक्षा निकायले शव बुझाउन १ अर्ब तोमानसम्म मागिरहेका छन् ।
बीबीसी पर्सियनलाई प्राप्त जानकारीअनुसार प्रदर्शनमा मारिएका व्यक्तिहरूका शव अस्पताल र शवगृहमा राखिएको छ । परिवारले मागिएको रकम नबुझाउँदासम्म शव नदिने भनिएको छ । पछिल्ला दुई हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनका क्रममा इरानमा कम्तीमा २ हजार ४३५ जनाको ज्यान गएको छ ।
उत्तर इरानको राष्ट्र सहरका एक परिवारले बीबीसीलाई बताएअनुसार उनीहरूको आफन्तको शव पौरसिना अस्पतालको शवगृहमा राखिएको छ । सुरक्षा बलले शव फिर्ता गर्न ७० करोड तोमान (करीब ५ हजार अमेरिकी डलर) मागेको उनीहरूको भनाइ छ । सोही शवगृहमा कम्तीमा ७० जना अन्य प्रदर्शनकारीका शव रहेको बताइएको छ ।
राजधानी तेहरानमा एक कुर्द मूलका निर्माण मजदुरको परिवारले शव लिन जाँदा १ अर्ब तोमान ( करीब ७ हजार अमेरिकी डलर ) तिर्नुपर्ने भनिएको थियो । यति ठुलो रकम तिर्न नसकेपछि छोराको शव नलिई परिवार फर्कन बाध्य भएको बताइएको छ । इरानमा निर्माण मजदुरले सामान्यतया महिनामा १०० डलरभन्दा कम कमाउँछन् ।
केही घटनामा भने अस्पतालका कर्मचारीहरूले सुरक्षा निकाय आउनुअघि शव लिन परिवारलाई फोनमार्फत खबर गरेको पनि बीबीसी पर्सियनले जनाएको छ । मानवअधिकार उल्लङ्घनका यी घटनाले इरानमा जारी दमन र प्रदर्शनकारीमाथिको व्यवहारप्रति अन्तर्राष्ट्रिय चासो निकै बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण