उज्यालो नेपालले भन्यो— कर्णालीका १२ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकाङ्क्षीहरूले नाम टिपाउनुहोस्
सारांश
- उज्यालो नेपाल पार्टीले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि नाम माग गरेको छ।
- पार्टीका केन्द्रीय सदस्य ठम्मर विष्टले सामाजिक सञ्जालमार्फत नाम पठाउन आग्रह गरेका छन्।
- विष्टले आगामी निर्वाचनका लागि उम्मेदवारको छनोट गरिने बताएका छन्।
सुर्खेत । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुन चाहनेहरूलाई २४ घण्टाभित्र नाम टिपाउन आह्वान गरेको छ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज ठम्मर विष्टले सामाजिक सञ्जालबाट नै उम्मेदवार हुन चाहनेहरूको नाम पठाउन आग्रह गरेका हुन् ।
‘उज्यालो नेपाल पार्टी आफैँमा नामै काफी छ, यहाँहरूलाई अवगत नै छ, लोडसेडिङ अन्त्य गरेर देश उज्यालो त बनाइनै सक्यो,’ उनले भनेका छन्, ‘अब जनताको मुहार उज्यालो बनाउने अभियानमा अघि बढेको छ ।’
त्यसैले आगामी फागुन २१ को निर्वाचनमा कर्णाली प्रदेश अन्तर्गत कुन क्षेत्रबाट, कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ, उम्मेदवार आकाङ्क्षीहरूको नाम, ठेगाना र फोन नम्बर उपलब्ध गराउन विष्टले आग्रह गरेका छन् ।
साथै उज्यालो नेपाल पार्टीको वेबसाइट र केन्द्रीय कार्यालयमा सिधै गएर पनि नाम दर्ता गर्ने क्रम जारी रहेको उनको भनाइ छ । ‘अबको २४ घण्टाभित्रमा विभिन्न माध्यामबाट उपलब्ध हुने सम्पूर्ण राम्रा उम्मेदवारहरू मध्यबाट उत्कृष्ट उम्मेदवार छनौट हुने छन्,’ उनले भने, ‘कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रबाट ।’
उज्यालो नेपाल पार्टीले कर्णालीमा प्रदेश समिति गठन नै गरेको छैन । इन्चार्ज तोकिएका विष्ट केही समयअघि नेकपा एमालेमा थिए । ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमै पराजित भएपछि उनले केपी ओलीमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।
उनी अहिले उज्यालो नेपालमा आबद्ध भएका छन् । ०७४ मा सुर्खेत- १ (क) बाट प्रदेश सभा सांसद बनेका उनी सांसद पद हुँदै माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका थिए ।
उज्यालो नेपालबाट सम्भवतः उनी नै सुर्खेत- १ मा उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण