भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् । यहाँ आज भूगोल पार्कमा आयोजना गरिएको २८ औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए । “आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,” उनले भने, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ ।”
सभाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनुपर्ने बताइन् । “विपद्का समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो”, उनले भने, “महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सीपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।”
कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, “प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवद्र्धन गरौँ ।”
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको हो ।
विसं १९९० माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ । विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी दिवस मनाउन थालिएको हो ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण