कांग्रेसको देउवा समूहले भन्यो– आयोगले संविधान र विधानविपरीत निर्णय गर्यो भने देशभर आन्दोलन हुन्छ
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान र कानुनविपरीत निर्णय भए आन्दोलन गर्ने बताए।
- उनले पार्टी कार्यकर्तालाई गलत निर्णयविरुद्ध आन्दोलनका लागि तयार रहन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने बताएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गरी संविधान र कानुनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताएका हुन् ।
‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खडकाले भने ।
उनले निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको बताए । तर बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने उनको भनाइ थियो ।
उनले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरे । ‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ । त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु,’ खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण