नेपाली कांग्रेसको दुवै पक्ष निर्वाचन आयोगमा : गगनपछि देउवा पक्ष धर्नामा
शुक्रबार, ०२ माघ २०८२, १६ : ४१
सारांश
- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद बढ्दै जाँदा दुवै पक्ष पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन्।
- गगन थापा समूह विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दैछ भने देउवा समूहले महाधिवेशन अवैध भएको बताउँदै विरोध जनाइरहेको छ।
- निर्वाचन आयोग परिसरमा दुवै पक्षका नेता र कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ, जसले तनावको स्थिति सिर्जना गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै दुवै पक्ष यतिबेला पार्टीको आधिकारिकतामाथि दाबी गर्न निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको समूह र शेरबहादुर देउवा समूह बिचको यो कानुनी लडाइँले निर्वाचन आयोग परिसरमा निकै चहलपहल र तनाव बढाएको छ।
शुक्रबार बिहानैदेखि निर्वाचन आयोग परिसरमा दुवै पक्षका नेता र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ। विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमितिको अद्यावधिक गर्न माग गरिरहेका छन् भने संस्थापन पक्षले उक्त महाधिवेशन नै अवैध भएको तर्क गर्दै धर्ना र विरोध प्रदर्शन गरिरहेका छन्।
_ZTemsM7G00.jpg)
_JaWrKVKWfj.jpg)
_NsFT4Wj8pr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण