अब नवीन कांग्रेसको यात्रा सुरू भयो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब नवीन कांग्रेसको यात्रा सुरू भएको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णय गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले बदलिएको कांग्रेसमा सबैलाई साथ लिएर अघि बढ्ने बताए ।
‘बदलिएको कांग्रेसलाई अब सबैको साथले बलियो कांग्रेस बनाएर लैजाने संकल्प गर्छौं,’ उनले भने ।
शर्माले अब कांग्रेसको विशेष महाधिवेशनले पारित गरेको प्रस्ताव अनुसार नै मुलुक अगाडि बढाउने संकल्प लिएको पनि बताए । ‘हामीले अब मुलुकमा पाँच वर्ष टिक्ने प्रधानमन्त्री बनाउनु छ । विशेष महाधिवेशनबाट यसको प्रस्ताव पारित पनि गरिसकेका छौं । अब यसलाई देशको संकल्प बनाउनु छ,’ उनले भने ।
शर्माले जेनजी आन्दोलनका क्रममा होनहार युवाको रगत बगाएको र अब कसैको पनि रगत बग्ने वातावरण बनाउने नहुने पनि बताए । ‘भविष्यमा कसैको पनि रगत नबगोस् भन्नका लागि देशमा बलियोसँग सुशासन कायम गरेर जानु छ,’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण