सम्झाैतामा हस्ताक्षर
सरकार र दुर्गा प्रसाईँबिच सम्झौतापत्रमा हस्ताक्षर
शुक्रबार, ०२ माघ २०८२, २० : ४३
१
सारांश
- सरकार र दुर्गा प्रसाईँबीचको वार्ता सिंहदरबारमा सम्पन्न भयो, जसमा २७ बुँदे मागमा हस्ताक्षर गरियो।
- सञ्चारमन्त्री जगदीश खरेल र दुर्गा प्रसाईँले वार्तामा हस्ताक्षर गरे, प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा।
- प्रसाईँले माग पूरा नभए फागुन १ गतेबाट आन्दोलन गर्ने घोषणा गरेका थिए।
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ ।
सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन् ।
दुई पक्षको बिचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बताए ।
सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्त्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गरेका हुन् ।
प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसो देखी सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण