अपडेट
तेह्रथुमबाट प्रतिनिधिसभा चुनाव लड्दै एमाले सचिव भानुभक्त ढकाल
शनिबार, ०३ माघ २०८२, २२ : ४५
सारांश
- नेकपा एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
- पार्टी सचिवालय बैठकले ढकालको नाम तेह्रथुम निर्वाचन क्षेत्रबाट टुंगो लगाएको हो।
- यसअघि मोरङ–३ बाट निर्वाचन लड्दै आएका ढकाल यस पटक तेह्रथुमबाट प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौँ । नेकपा एमालेका सचिव भानुभक्त ढकाल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बन्ने भएका छन् । शनिबार बसेको पार्टी सचिवालय बैठकले तेह्रथुम निर्वाचन क्षेत्रबाट ढकालको नाम टुंगो लगाएको हो ।
यसअघि मोरङ–३ बाट निर्वाचन लड्दै आएका ढकालले यस पटक नयाँ क्षेत्र रोज्दै तेह्रथुमबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मासँग पराजित भएका थिए ।
एमालेले ७७ वटै जिल्लाका लागि उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ । पार्टी सचिवालय बैठकपछि एमाले नेता लेखराज भट्टले केही सीमित जिल्लाबाहेक अधिकांश स्थानमा उम्मेदवारको टुंगो लागिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण