बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेकपा एमाले

यी हुन् लुम्बिनीमा एमालेका उम्मेदवार

आइतबार, ०४ माघ २०८२, ०३ : १६
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशबाट नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सूची तयार गरेको हो ।

नवलपरासीमा दुईवटा क्षेत्रका उम्मेदवारमा क्रमशः रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादवलाई टुंगो लगाइएको छ । रुपन्देहीमा पाँच क्षेत्रमध्ये तीनवटामा अध्यक्षले निर्णय गर्ने भएकाले १, २ र ४ नम्बर क्षेत्रको नाम भने टुंगो लगाइएको छैन भने ३ नम्बर क्षेत्रबाट बासुदेव घिमिरे र ५ नम्बर क्षेत्रबाट खिमलाल भट्टराईलाई टिकट दिइने भएको छ । कपिलवस्तुको क्षेत्र नं. १ मा विश्राम चौधरी र बिरेन्द्र कडौनियालाई (३) टिकट तय भएको छ भने २ नम्बर क्षेत्रमा अध्यक्षले टुङ्ग्याउने भएका छन्।

दाङमा १ र २ नम्बर क्षेत्रका उम्मेदवारको निर्णय गर्ने जिम्मा अध्यक्षले आफैँले लिएका छन् ३ नम्बर क्षेत्रबाट घनश्याम पाण्डेलाई टिकट दिइने भएको छ । बाँकेमा १ नम्बर क्षेत्रमा सूर्य ढकाल र ३ नम्बर क्षेत्रमा दलबहादुर सुनारलाई टुंगो लगाइएको छ, २ नम्बर क्षेत्रको नाम भने अध्यक्षले टुङ्ग्याउने भएको छन् । बर्दियामा क्रमशः सालिकराम अधिकारी र विमला विक, पाल्पा १ मा नारायण आचार्य र २ मा विष्णुप्रसाद पोडेललाई टिकट दिइएको छ ।

रुकुम पूर्वको १ नम्बर क्षेत्रमा पनि उम्मेदवारको निर्णय अध्यक्षले गर्ने भएकाले नाम टुंगो लागिसकेको छैन । रोल्पामा गोकुल घर्ती, प्युठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल, र गुल्मीमा प्रदीप ज्ञवाली तथा गोकर्ण विष्टलाई एमालेले टिकट दिएको छ । यसरी लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा पार्टीले उम्मेदवार टुंगो लगाइसकेको छ भने केही क्षेत्रमा अध्यक्षको अन्तिम निर्णय बाँकी रहेको छ।

उपमहासचिव लेखराज भट्टका अनुसार बाँकी रहेका क्षेत्रहरूमा अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप