झापा
सभामुख देवराज घिमिरे झापा–२ बाट पुनः उम्मेदवार
आइतबार, ०४ माघ २०८२, ०४ : ०७
सारांश
- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा क्षेत्र नम्बर २ बाट पुनः चुनाव लड्ने भएका छन्।
- नेकपा (एमाले) को सचिवालय बैठकले उनलाई आगामी निर्वाचनका लागि सोही क्षेत्रबाट उम्मेदवार चयन गरेको छ।
- एमालेले झापा १ मा रामचन्द्र उप्रेती, क्षेत्र नं. ४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा क्षेत्र नम्बर २ बाट पुनः चुनाव लड्ने भएका छन् । नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिमिरेलाई सोही क्षेत्रबाट उम्मेदवार चयन गरेको हो ।
घिमिरे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए । सोही निर्वाचनपछि उनी प्रतिनिधिसभाको सभामुखमा चयन भएका थिए ।
यस्तै एमाले झापा १ मा रामचन्द्र उप्रेती, क्षेत्र नं. ४ मा मनोज ताम्लीलाई उम्मेदवारको रूपमा अघि सारेको छ भने क्षेत्र नम्बर ५ मा अध्यक्ष केपी शर्मा ओली आफैँ चुनावी मैदानमा उत्रने छन् । क्षेत्र नं. ३ को विषयमा भने एमालेले निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै सुम्पिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण