प्रहरीका ११ जना एसएसपीको सरुवा
सारांश
- गृहमन्त्रीको निर्णय अनुसार नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा भएको छ।
- त्रिभुवन विमानस्थल सुरक्षामा वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्काको सरुवा गरिएको छ।
- विभिन्न एसएसपीहरुलाई देशका विभिन्न स्थानमा सरुवा गरिएको छ, जसमा तालिम केन्द्र र प्रदेश कार्यालयहरु पनि छन्।
काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपी सरुवाको निर्णय गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा वसन्त रजौरेलाई पठाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्कालाई सरुवा गरिएको छ । काठमाडौँ उपत्यकामा हुने ठुला अपराध अनुसन्धान गर्ने सो युनिट महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको छ ।
विमानस्थलमा कार्यरत सोमेन्द्र सिंह राठौरलाई पनि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ । प्रहरी हेड्क्वार्टरमा कार्यरत श्याम कुमार महतोलाई नेपालगन्ज स्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । महेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय स्थित कानुन तथा मानव अधिकार महाशाखामा सरुवा गरिएको छ ।
केदार खनाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेललाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही, दीप शमशेर जबरालाई प्रहरी महानिरीक्षकको सचिवालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । विमल राज कँडेललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण