बारा–२ मा नेकपाबाट रमेश यादव उम्मेदवार
सारांश
- नेकपाले बारा निर्वाचन क्षेत्र न. २ मा रमेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ।
- यादव २०७४ मा राष्ट्रिय सभा सदस्य थिए र उनी मधेशवादी दल हुँदै नेकपामा आएका हुन्।
- बारा २ मा उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।
बारा । नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र न. २ को रमेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ । बाराको अन्य निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउन नसके पनि नेकपाले बारा २ को लागि भने यादवको नाम यसअघि एकल सिफारिस भएको थियो । उनी बारा २ का स्थानीयवासी हुन् ।
यादवले बारा–२ आफ्नो नाम टुङ्गो लागेको बताएका छन् । उनले बाराको अन्य निर्वाचन क्षेत्रमा ४, ५ जनाको नाम सिफारिस भएको टुङ्गो लगाउन सकस भएको बताए । यादव २०७४ को राष्ट्रिय सभा सदस्य हुन् ।
२०५८ सालमा नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंह नेतृत्वको पार्टीबाट राजनीति सुरु गरेका यादव मधेशवादी दल हुदै नेकपा माओवादी र पछिल्लो समय महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीमा महासचिव पदमा कार्यरत छन् । सो पार्टी हाल नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण भएको छ ।
बारा २ बाट यसअघि निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि २०८० बैशाख १० गते भएको उपनिर्वाचनमा गठबन्धनबाट बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका हुन् ।
करिव १ लाख मतादाता रहेको बारा –२ मा ५ वटा पालिका पर्दछ । जस्मा महागढीमाई र पचरौता नगरपालिका र करैयामाई, सुवर्ण र देवताल गाँउपालिका पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण