अपडेट
पाँच मिनेटमै सकियो राष्ट्रियसभाको पहिलो बैठक
आइतबार, ०४ माघ २०८२, ११ : १६
सारांश
- राष्ट्रियसभाको पहिलो बैठक आज ५ मिनेटमै स्थगित भयो।
- बैठकमा कुनै एजेन्डा थिएन र दुई शोक प्रस्ताव पारित गरियो।
- बैठक माघ ९ गते बस्ने गरी स्थगित गरिएको छ।
काठमाडौँ । राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो ।
आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् । दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ ९ गते बस्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण