महोत्तरीमा निर्वाचन तयारीः अनुमतिबिना जिल्ला नछोड्न कार्यालय प्रमुखहरूलाई निर्देशन
जनकपुरधाम । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिका सबै कार्यालयलाई तयारी तीव्र पार्न कडा निर्देशन दिएको छ ।
कार्यालय प्रमुखले राखेको बैठकमा निर्वाचन प्रयोजनका लागि सबै कार्यालयले कार्यरत कर्मचारीहरूको सरुवा, काज, बिरामी तथा अस्वस्थ अवस्थाको विवरण, ट्रेड युनियनको कार्यसमितिमा आबद्ध रहे/नरहेको अवस्थासहित पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संघ, प्रदेश तथा स्थानीय तहअन्तर्गत जिल्लामा उपलब्ध सबै सरकारी सवारी साधन मर्मत–सम्भार गरी चालकसहित दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ । बैठकले कार्यालय प्रयोजनबाहेक सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन कडाइ गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचन अवधिमा कार्यालय प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना जिल्ला नछोड्न निर्देशन दिइएको छ । साथै मतदान केन्द्रसम्म पुग्ने बाटोको अवस्था सुधार गर्न सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा सम्बन्धित स्थानीय तहबिच समन्वय गरी यथाशीघ्र मर्मत कार्य अघि बढाउन बैठकले जोड दिएको छ ।
यसैबिच कमला–ढल्केवर–पथलैया सडक योजना पूर्व खण्डअन्तर्गत पूर्वपश्चिम राजमार्गको केन्द्रीय रेखादेखि २५/२५ मिटर दायाँ–बायाँ सडक सीमाभित्र पर्ने तर अभिलेखमा लगतकट्टा नभएका जग्गाहरूलाई कानुनअनुसार नापी तथा मालपोत कार्यालयमार्फत अभिलेखीकरण गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण