बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोरङको ५ र ६ नम्बर क्षेत्रमा टुङ्गो लाग्यो एमाले उम्मेदवार

आइतबार, ०४ माघ २०८२, २० : ५६
आइतबार, ०४ माघ २०८२

काठमाडाैँ । नेकपा (एमाले)ले मोरङको क्षेत्र नम्बर ५ र ६ मा उम्मेदवार टुङ्गो लगाएको छ । 

जिल्लाका ६ मध्ये क्षेत्र नम्बर ५ र ६ मा एमालेले शनिबार उम्मेदवार टुङ्गो लगाउन सकेको थिएन । एमाले अध्यक्ष केपी ओली निकट स्रोतका अनुसार उनले आइतबार नेता विनोद ढकाललाई मोरङ–६ र क्षेत्र नम्बर ५ मा मनोज अग्रवालको नाम टुङ्गो लगाएका हुन् । 

शनिबारको सचिवालय बैठकमा दुवै क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटको टुङ्गो लगाउने निर्णय भएको थियो । ढकाल कोशीमा एमालेको प्रभावशाली नेता मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप