मोरङका ६ निर्वाचन क्षेत्रमा यी हुन् एमालेका उम्मेदवार
सारांश
- नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाएको छ।
- एमालेले क्षेत्र नं. १ मा घनश्याम खतिवडा, २ मा दिलीप अग्रवाल, ३ मा इरान राई, ४ मा जीवन घिमिरे, ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको हो।
- पार्टीले शनिबारको निर्णय संशोधन गर्दै क्षेत्र नं. ३ मा इरान राईलाई उम्मेदवार बनाएको छ।
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका छ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीले निर्वाचन क्षेत्र नं. १ मा घनश्याम खतिवडा, क्षेत्र नं. २ मा दिलीप अग्रवाल, क्षेत्र नं. ३ मा इरान राई, क्षेत्र नं. ४ मा जीवन घिमिरे, क्षेत्र नं. ५ मा मनोज अग्रवाल र क्षेत्र नं. ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको हाे ।
क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडा एमाले कोशी प्रदेशका अध्यक्ष हुन् भने क्षेत्र नम्बर २ का उम्मेदवार दिलीप अग्रवाल रंगेली नगरपालिकाका मेयर हुन् । यसअघि सोही क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा एमालेले मोरङ जिल्लामा यही एक क्षेत्रमा मात्रै जित हासिल गरेको थियो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले क्षेत्र नम्बर ३ का लागि दिलीप राईलाई उम्मेदवार चयन गरेको भए पनि आइतबार उक्त निर्णय संशोधन गर्दै इरान राईलाई उम्मेदवार बनाइएको जिल्ला इन्चार्ज ऋषिकेश पोखरेलले जानकारी दिए ।
यसैगरी, शनिबार उम्मेदवार छनोट बाँकी रहेका क्षेत्र नम्बर ५ र ६ मा पनि आइतबार उम्मेदवार टुंग्याउँदै एमालेले मोरङका सबै छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण