गण्डकीमा २६ सहकारीको दर्ता खारेज : सबैभन्दा धेरै स्याङ्जाका, अरू १० वटा पनि हट्दै
सारांश
- गण्डकी प्रदेशमा निष्क्रिय रहेका २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ।
- खारेजीमा सबैभन्दा धेरै स्याङ्जाका ८ वटा सहकारी परेका छन्, र अन्य जिल्लाका पनि छन्।
- सहकारी रजिष्ट्रारका अनुसार, निष्क्रिय र आर्थिक कारोबार बन्द भएका सहकारीलाई हटाउने प्रक्रिया जारी छ।
स्याङ्जा । सहकारी रजिष्ट्रार कार्यालय पोखराले गण्डकी प्रदेशका विभिन्न जिल्लामा निष्क्रिय रहेका २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ। कार्यालयले गत आर्थिक वर्षमा १३ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप १३ गरी कुल २६ वटा सहकारीको अस्तित्व समाप्त गरिदिएको हो। दर्ता भएर पनि लामो समयदेखि सञ्चालनमा नरहेका, दुई वर्षभन्दा बढी समयदेखि कुनै गतिविधि नगरेका, लेखा परीक्षण र साधारणसभा समेत नगरेका संस्थाहरूमाथि कार्यालयले डन्डा चलाएको हो।
खारेजीमा पर्नेमा सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ८ वटा सहकारी रहेका छन्। यी सबै सहकारीको दर्ता चालु आर्थिक वर्षमै खारेज गरिएको हो। यसैगरी गोरखाका ६, तनहुँका ४, कास्कीका ३ र म्याग्दीका २ वटा सहकारीको दर्ता खारेज भएको छ। लमजुङ, बागलुङ र पर्वतका भने एक-एक वटा सहकारीको दर्ता खारेजीमा परेका छन्। खारेज गरिएका सहकारीहरूमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन र अदुवा उत्पादनको उद्देश्य बोकेका संस्थाहरू रहेका छन्।
सहकारी रजिष्ट्रार भेषराज रिजालका अनुसार अब सञ्चालन हुन सक्ने स्थिति नदेखिएका र आर्थिक कारोबार ठप्प भएका संस्थाहरूलाई हटाउन सुरु गरिएको हो। खारेजीको यो प्रक्रिया अझै रोकिने देखिँदैन। अहिले पनि थप सात वटा सहकारीको खारेजी प्रक्रिया पूरा भइसकेको छ भने १० वटा सहकारी खारेजीको अन्तिम चरणमा छन्। रजिष्ट्रार कार्यालयमा दर्ता भएका ८९० सहकारीमध्ये ५८८ वटा मात्रै अद्यावधिक भएर सञ्चालनमा रहेका छन्।
अहिले पनि ३०२ वटा सहकारी र विभिन्न विषयगत संघहरू अझै निष्क्रिय अवस्थामा छन्। तीमध्ये स्याङ्जाका मात्रै ५० वटा संस्था र संघहरू निष्क्रिय रहेको तथ्यांक छ। यसरी निष्क्रिय रहेका र नियम पालना नगर्ने सहकारीहरूको पहिचान गरी खारेज गर्ने क्रमलाई कार्यालयले तीव्रता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण