‘द राजा साब’ले नेपालमा कति कमायो ?
सोमबार, ०५ माघ २०८२, १३ : ४४
मुम्बई । सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ले विश्वभर सोचेजस्तो व्यवसाय गर्न सकेको छैन, त्यसको प्रभाव नेपालमा पनि परेको छ ।
फिल्मले नेपालमा अहिलेसम्म डेढ करोड बढी मात्र व्यवसाय गर्न सफल भएको छ । गत ९ जनवरीदेखि प्रदर्शनमा आएको यो फिल्मले नेपालमा अहिलेसम्म १ करोड ६२ लाख, ६४ हजार ५६२ ग्रस कलेक्सन गर्न सफल भएको हो ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेका बक्स अफिस रिपोर्टमा फिल्मको टिकट भने ५० हजार ४२४ बिक्री भएको उल्लेख छ ।
मारुतीद्वारा निर्देशित फिल्ममा प्रभासको अलवा सञ्जय दत्त, जरीना वहाब, मालविका मोहनन, निधि अग्रवाल र रिद्धि कुमारको मुख्य भूमिका छ । प्रभास यस फिल्ममा ‘राजा साब’को भूमिकामा देखिएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा विश्वभर रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण