बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीलाई  योगेश भट्टराईको आग्रह : १० वटा क्षेत्रमा अन्याय भयो, निर्णय सच्याउनुस्

सोमबार, ०५ माघ २०८२, १३ : ५९
सोमबार, ०५ माघ २०८२

सारांश

  • एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई १० क्षेत्रको उम्मेदवार चयन सच्याउन आग्रह गरेका छन्।
  • भट्टराईले आफूलाई टिकट नमागेको र अन्य क्षेत्रमा तोकिएका उम्मेदवारले पार्टी कमजोर पार्ने बताए।
  • उनले ताप्लेजुङमा चुनाव लड्ने इच्छा भए पनि टिकटबारे निर्णय स्वीकार्ने बताए, र अरुलाई एमालेलाई जिताउन आग्रह गरे।

काठमाडौँ । नेकपा एमालेमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई १० वटा क्षेत्रको उम्मेदवार चयनमा अन्याय भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले सो आग्रह गरेका हुन् । 

आफ्नो लागि केही नमागेको भन्दै भट्टराईले अरू १० वटा जति क्षेत्रमा तोकिएको उम्मेदवारका कारण पार्टी कमजोर हुने अवस्था रहेकोले अन्तिम समयसम्म यसलाई सच्याउन भनेका हुन् । यद्यपि, ती कुन कुन क्षेत्र हुन् भनेर उनले खुलाएनन् ।

भट्टराईले ताप्लेजुङमा चुनाव लड्ने आफ्नो इच्छा भए पनि टिकटबारे अध्यक्षले सार्वजनिक निर्णय गरेपछि अब त्यसलाई स्वीकार गरेर जाने र आफूले कुनै दाबी नगर्ने बताए । 

उनले सचिवालय बैठकमा आफूले फरक मत राखेको भन्दै फागुन २१ गतेपछि यसको समीक्षा हुने समेत बताए ।  उनले उम्मेदवारी दर्ताका क्रममा आफू ताप्लेजुङ जाने भन्दै अरूलाई समेत एमालेलाई जिताउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप