एमालेले मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो
सारांश
- नेकपा एमालेले मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ।
- सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न क्षेत्रमा उम्मेदवार तोकिएका छन्।
- एमालेका नेता मनोज पौडेलका अनुसार विभिन्न क्षेत्रमा सुमनराज प्याकुरेल, केदारनाथ यादव लगायत उम्मेदवार बनेका छन्।
जनकपुरधाम । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
यसअघि एमालेले महोत्तरी र सर्लाही, पर्सासहितका केही निर्वाचन क्षेत्रमा बाँकी राखेर अधिकांश क्षेत्रको उम्मेदवार घोषणा गरेको थियो । रिक्त ती क्षेत्रमा समेत उम्मेदवार टुङ्गिएको एमालेले सोमबार जनाएको हो ।
नेकपा एमालेका मधेस प्रदेश समितिका सचिव मनोज पौडेलका अनुसार सप्तरी क्षेत्र नम्बर १ मा सुमनराज प्याकुरेल, क्षेत्र नम्बर २ मा जिया उल हक अन्सारी, क्षेत्र नम्बर ३ मा ताराकान्त चौधरी र क्षेत्र नम्बर ४ मा गंगाप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ ।
यस्तै, सिरहा क्षेत्र नम्बर १ मा केदारनाथ यादव, क्षेत्र नम्बर २ मा नवीनकुमारी यादव, क्षेत्र नम्बर ३ मा लिलानाथ श्रेष्ठ र क्षेत्र नम्बर ४ मा बिल्टु साहलाई उम्मेदवारीको टिकट दिइएको छ ।
धनुषा क्षेत्र नम्बर १ मा रामचन्द्र मण्डल, क्षेत्र नम्बर २ मा उमाशंकर अरगरिया, क्षेत्र नम्बर ३ मा जुली कुमारी महतो र क्षेत्र नम्बर ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाइएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ मा लक्ष्मी महतो कोइरी, क्षेत्र नम्बर २ मा रामपरीक्षण यादव, क्षेत्र नम्बर ३ मा मनोज कुमार सिंह र क्षेत्र नम्बर ४ मा सरोज कुमार यादव उम्मेदवार बनेका छन् ।
सर्लाही क्षेत्र नम्बर १ मा मनोज देवकोटा, क्षेत्र नम्बर २ मा धर्मेन्द्र राई, क्षेत्र नम्बर ३ मा हरिप्रसाद उप्रेती र क्षेत्र नम्बर ४ मा रवि सिंह कुशवाहालाई एमालेले उम्मेदवार बनाएको छ ।
रौतहट क्षेत्र नम्बर १ मा अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ मा शैलेन्द्र साह, क्षेत्र नम्बर ३ मा कुन्दन प्रसाद कुशवाहा र क्षेत्र नम्बर ४ मा रामजी साहलाई उम्मेदवार बनाइएको छ ।
बारा क्षेत्र नम्बर १ मा अच्युत प्रसाद मैनाली, क्षेत्र नम्बर २ मा बलवीरप्रसाद चौधरी, क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह र क्षेत्र नम्बर ४ मा कृष्ण कुमार श्रेष्ठ उम्मेदवार भएका छन् ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर १ मा प्रदीप कुमार यादव, क्षेत्र नम्बर २ मा रिमा कुमारी यादव, क्षेत्र नम्बर ३ मा प्रमोद जयसवाल र क्षेत्र नम्बर ४ मा जालीम मियालाई उम्मेदवार बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण