विरोधपछि एमालेले कास्की २ मा फेर्यो उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १५ : ०२
पोखरा । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हेरफेर गरेको छ ।
शनिबार टिकट पाएका जिल्ला इन्चार्ज कृष्ण थापाको चौतर्फी आलोचना भएपछि एमालेले उम्मेदवार फेरेर रश्मिलाई टिकट दिएको हो ।
थापाले पोखराको मेयर चुनावी क्रममा आगामी दिनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर एमालेभित्र चरम असन्तुष्टि बढेको थियो । सामाजिक सञ्जालमा आलोचना बढेपछि टिकट हेरफेर भएको एमाले स्रोतले जनाएको छ ।
आचार्यले अहिलेसम्म टिकट हातमा परिनसकेको बताएका छन् । ‘टिकट पाइसकेको छैन, कुरा सुनिरहेको छु,’ उनले भने । आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण