मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गण्डकीबाट रास्वपाकी एक्ली महिला उम्मेदवार बनिन् विना

सोमबार, ०५ माघ २०८२, १९ : ४६
सोमबार, ०५ माघ २०८२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकीका १८ क्षेत्रमै लगभग उम्मेदवार टुंगो लगाएको छ ।

केही क्षेत्रमा नाम सार्वजनिक नभए पनि अधिकांश क्षेत्रबाट सार्वजनिक भइसकेका छन् । 

जसअन्तर्गत कास्की–३ बाट विना गुरुङले टिकट पाएकी छन् । उनी रास्वपाबाट गण्डकी प्रदेशमै टिकट पाउने एक्ली महिला उम्मेदवार बनेकी छन् । ३ नम्बर क्षेत्रबाट विनासँगै जिल्ला सभापति यदु अधिकारी र प्रदेश महामन्त्री नवीन त्रिपाठी प्रमुख दाबेदार थिए । 

सबैलाई पछि पार्दै विना एक्ली महिला उम्मेदवार हुन सफल भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप