कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय
सारांश
- फागुन २१ गते हुने चुनावका लागि कास्कीमा सुरक्षा योजना बनिसकेको छ।
- दुई हजार सुरक्षाकर्मी र निर्वाचन प्रहरी परिचालन गरिनेछ।
- उम्मेदवार मनोनयनका लागि सुरक्षा व्यवस्थापन मिलाइएको छ।
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय परिचालित हुने बताए । “निर्वाचन केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको छ”, उनले भनिन् ।
प्रजिअ शर्माका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार ३०३ जना निर्वाचन प्रहरी परिचालनका लागि छनोट तथा नियुक्तिको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिइन् ।
निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको प्रजिअ शर्माले बताइन् । जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको उनको भनाइ छ ।
मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ । मंगलबार हुने उम्मेदवारको मनोनयन दर्ताका लागि सुरक्षादेखि सबै व्यवस्थापकीय तयारी चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।
कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले बताए । भीडभाड हुन नदिन राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभरि निद्रा लाग्दैन ? हुन सक्छ यी रोग
-
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण