शशाङ्कले ४ पटक जितेको नवलपुर १ मा आलेलाई टिकट, २ बाट लामिछाने
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ मा गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएको छ।
- डा. शशांक कोइरालाले चुनाव जितेको यो क्षेत्रमा पहिलो पटक स्थानीय नेताले पालो पाएका हुन्।
- क्षेत्र नम्बर २ बाट विष्णुप्रसाद लामिछानेले टिकट पाएका छन्, जो गण्डकी प्रदेश समितिको महामन्त्री हुन्।
पोखरा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ मा गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएको छ । ‘हेविवेट’ नेता एवं पूर्वमहामन्त्री डा। शशांक कोइरालाले ४ पटक चुनाव जितेको यो क्षेत्रमा पहिलो पटक स्थानीय नेताले पालो पाएका हुन् ।
यो क्षेत्र २०४८, २०५१ र २०५६ मा पनि कांग्रेसले नै जितेको थियो । हालसम्म अपराजित रहेका कारण नवलपुर १ लाई कांग्रेसको गढ मानिन्छ । गैँडाकोट नगरपालिका–१२ का स्थायी बासिन्दा आले नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको मेयर पदमा झिनो अन्तरले पराजित भएका थिए ।
यस्तै क्षेत्र नम्बर २ बाट विष्णुप्रसाद लामिछानेले टिकट पाएका छन् । २०७४ मा प्रदेश सभा निर्वाचित उनी हाल कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्री छन् । उनलाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताइएको थियो । यद्यपि, २ बाट टिकट प्राप्त गरेका छन् । मतदातामाझ उनी पनि लोकप्रिय उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण