शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बोन्डी बीच प्रकरणपछि बन्दुकमाथि कडाइ गर्दै अस्ट्रेलिया

मङ्गलबार, ०६ माघ २०८२, ११ : ११
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • अस्ट्रेलियाको संसदले बन्दुक खरिद फिर्ता र लाइसेन्ससम्बन्धी कडा जाँचसम्बन्धी विधेयक पारित गरेको छ, जसमा १५ जनाको ज्यान गएको थियो।
  • विधेयक पारित भएपछि, आक्रमणकारीले कानुनी रूपमा बन्दुक पाउने अवस्था नहुने बताइएको छ, जसमा ६ वटा बन्दुक राखेका बाबु र गुप्तचर निगरानीमा रहेका छोरा संलग्न थिए।
  • विधेयकले करिब ४० लाख बन्दुकको संख्या घटाउने लक्ष्य राखेको छ र बन्दुक आयातमा कडाइ गर्ने योजना छ।

मेलबर्न । अस्ट्रेलियाको संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ले बोन्डी बीचमा भएको घातक गोलीकाण्डपछि राष्ट्रिय स्तरमा बन्दुक खरिद फिर्ता कार्यक्रम र हतियार लाइसेन्स आवेदनमा कडा जाँचसम्बन्धी विधेयक पारित गरेको छ । उक्त आक्रमणमा यहूदी पर्वका दिनमा १५ जनाको ज्यान गएको थियो । 

यस्ता कानुन पहिले नै लागू भएको भए आक्रमणकारीले कानुनी रूपमा बन्दुक पाउने अवस्था नआउने गृह मन्त्री टोनी बर्कले संसद्मा बोल्दै बताए । ‘उनीहरूको मनमा घृणा थियो र हातमा बन्दुक’ भन्दै उनले आक्रमणको गम्भीरता पनि उल्लेख गरे । 

घटनाका आरोपी पिता–छोरा जोडीमध्ये बाबुले कानुनी रूपमा छ वटा बन्दुक राखेको र छोरा गुप्तचर निकायको निगरानीमा रहेको खुलासा गरिएको छ ।

विधेयकको पक्षमा ९६ मत र विपक्षमा ४५ मत खसेको थियो । अब यो विधेयकलाई माथिल्लो सदन सिनेटमा पेस गरिनेछ । 

ग्रीन पार्टीको समर्थनमा विधेयक पारित हुने अपेक्षा गरिएको छ । बाइब्याक योजनाले ‘अतिरिक्त र नयाँ रूपमा प्रतिबन्धित’ हतियार लक्षित गर्दै अस्ट्रेलियामा दर्ता भएका करिब ४० लाख बन्दुकको सङ्ख्या घटाउने लक्ष्य राखेको छ । 

सन् १९९६ को पोर्ट आर्थर गोलीकाण्डपछि कडा कानुन बने पनि अहिले त्यसबेलाभन्दा बढी बन्दुक हुनु अचम्मको कुरा भएको बर्कले बताए । साथै, बन्दुक आयातमा कडाइ, गुप्तचर निकायबिच सूचना आदानप्रदान सुधार र घृणा भरिएको भाषणविरुद्धका सुधारहरू पनि संसद्मा छलफलमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप