बृहत्तर जनकपुर क्षेत्रका पूर्वकार्यकारी निर्देशक ठाकुरसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेशी तोकिएको छ।
- ठाकुरले बिना प्रक्रिया रकम खर्च गरेको र स्करपियो गाडी खरिदमा अनियमितता गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
- अख्तियारले ठाकुरसहित उनकी श्रीमती, ठेकेदार, उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्दा दायर गरेको थियो।
काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
ठाकुरले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बेच्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ५ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । ठाकुरविरूद्ध ५१ लाख ७१ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । ठाकुरसहित उनकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, ठेकेदार जितेन्द्रकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साहविरुद्ध मुद्दा दायर भएको थियो ।
यस्तै परिषद्का लेखापाल सावित्री गिरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्णमुमारीसिंह र सवारी चालक बिक्कीकुमार चौधरीलाई पनि प्रतिवादी बनाइएको छ । ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ गतेसम्म निर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलेमतोमा भ्रष्टाचार गरेको र एक वर्षपछि श्रीमती इन्दुकलाको नाममा उक्त गाडी नामसारी गराएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण