झापा–५ मा प्रस्तावित दुई प्रधानमन्त्रीको रोचक भिडन्त
सारांश
- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केपी ओली झापा-५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
- पूर्वप्रधानमन्त्री ओलीलाई काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाहले चुनौती दिने भएका छन् ।
- २०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए, र यसपटक रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ।
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ ले सबैको ध्यान तानेको छ । सो निर्वाचन क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
जेनजी विद्रोहको क्रममा सत्ता गुमाएका ओलीलाई योपटक निर्वाचनमा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाहले चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता रहेका बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली २०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित हुनबाहेक हरेक निर्वाचनमा उनी विजयी हुँदै आएका छन् ।
२०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला ओलीले राप्रपासँग चुनावी तालमेल गरेका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । तेस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।
आसन्न निर्वाचनमा एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यस क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्दछ । झापा–५ नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण