लगातार ५ पटक उठिसकेँ, यसपालि देवविक्रमलाई जिताउन लाग्छु : विशाल भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराईले लगातार पाँच पटक उम्मेदवार बनिसकेपछि यसपटक आफू मैदानबाट हटेर नयाँ अनुहारलाई अवसर दिएको दाबी गरेका छन् । उनले निर्वाचन अधिकृत कार्यालय खोटाङमा पुगेर युवा नेताको माग र नयाँ नेतृत्वको आवश्यकतालाई सम्बोधन गर्दै देवविक्रम राईलाई उम्मेदवारको रूपमा प्रस्ताव गरेको बताए ।
‘म लगातार पाँच पटक उठिसकेँ । अब नयाँ अनुहार आउनुपर्छ भन्ने माग छ । युवा भए हुन्थ्यो भन्ने माग छ । म आफैंले प्रस्ताव गरेर देवविक्रम राईलाई उम्मेदवार बनाएका छौँ,’ उनले भने, ‘कसैले मन खुम्च्याउनु नपर्ने ठुलो जनघनत्व भएको स्थानक, शैक्षिक योग्यता र लामो राजनीतिक अनुभव भएका देवविक्रम राईले उम्मेदवारी दिनुभएको छ । अब उहाँलाई जिताउने अभियानमा लाग्छु ।’
उनले आफ्नो यो निर्णयलाई ‘जित्ने बेला’ मा गरिएको हस्तान्तरणको रूपमा व्याख्या गरेका छन् । ‘हार्ने बेलामा भए हार्ने भएपछि भाग्यो कि भन्ने आलोचना हुन्थ्यो,’ उनले भने, ‘यसपाला जित्ने बेला मैले छोडेको छु । प्रबल सम्भावना यस्तो राम्रो परिवेश भएको बेलामा मैले छोडें या हस्तान्तरण गरेँ ।’
उम्मेदवार राईबारे भट्टराईले भने, ‘उहाँ बौद्धिक व्यक्तित्व हो । उहाँको बारेमा जत्ति नै अनुसन्धान गरेपनि कुनै आलोचनाका शब्दहरु भेटिँदैनन् । मान्छेले भोट हाल्न सक्ने गरी मैले प्रस्ताव गरेकाले म उहाँलाई जिताउने अभियानमा लाग्छु ।’
भट्टराईले खोटाङमा नेकपा एमालेको जित सुनिश्चित रहेको समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण