बारा–४ बाट पूर्व आईजीपी सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : ४२
काठमाडौँ । पूर्व आईजीपी सर्वेन्द्र खनालले बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
समुन्नत नेपाल पार्टीका सभापति रहेका खनालले मंगलबार बारा क्षेत्र नम्बर–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर चुनावमा होमिएको छ । सो दलले बाँसुरी चुनाव चिन्ह आफ्नो निर्वाचन चिन्ह राखेको छ ।
खनाल यसअघि नेकपा (एमाले)बाट काठमाडौँ–६ र तनहुँमा निर्वाचन लडेका थिए । बाराबाट मनोनयन दर्ता गरेको जानकारी दिँदै खनालले भने, ‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण