रुकुम पूर्वमा प्रचण्डसहित १२ उम्मेदवार चुनावी मैदानमा
सारांश
- रुकुम पूर्वमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत उम्मेदवारी दिएपछि चुनावी माहोल तातेको छ।
- नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा एमालेबाट लिलामणि गौतमले पनि उम्मेदवारी दिएका छन्।
रुकुम पूर्व । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका हुन्। यस जिल्लामा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत उम्मेदवारी दर्ता गराएपछि चुनावी सरगर्मी निकै बढेको छ।
प्रचण्डसँगै नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले) बाट लिलामणि गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट जुद्धबहादुर बुढामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोका मगर र नेशनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा चुनावी मैदानमा उत्रिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन र जनता समाजवादी पार्टीबाट सिरबहादुर बुढाले पनि मनोनयन दर्ता गराएका छन्। यस्तै अमरसिंह पुनले भने स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो दाबेदारी पेश गरेका छन्। शीर्ष नेताकै उम्मेदवारी परेपछि रुकुम पूर्वको चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक हुने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण