बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा

बुधबार, ०७ माघ २०८२, ०३ : ३९
बुधबार, ०७ माघ २०८२

सारांश

  • भोजपुरमा आगामी निर्वाचनका लागि १२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • विभिन्न दलका उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।
  • भोजपुरमा एक लाख २५ हजारभन्दा बढी मतदाता छन् र ८७ मतदान स्थल कायम गरिएको छ।

भोजपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् ।

उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा र नेपाल मङ्गोल नेशनल अर्गनाइजेसनका चन्दप्रसाद राईले मङ्गलबार उम्मेदवारी दर्ता गराएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का देवानराज राई, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई ‘काङमाङ’, जनता समाजवादी पार्टीका गोपालकुमार राई, नेपाली कांग्रेसका बालकृष्ण थापा र आम जनता पार्टीका युवराज थापाले उम्मेदवारी दर्ता गराएका छन् । भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ मतदाता रहेका छन् । जिल्लामा ८७ मतदान स्थल र एक सय ६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप