फाइभजी र मोबाइल फोनको विकिरणले गराउँछ क्यान्सर ?
सारांश
- अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जूनियरले फाइभजी टावर र मोबाइल फोन विकिरणबारे चिन्ता व्यक्त गरेका छन्।
- स्वास्थ्य मन्त्रालयले मोबाइल फोन विकिरणमा नयाँ अध्ययन सुरु गरेको छ, तर वैज्ञानिकहरूले विकिरणको असरबारे पहिले नै जाँचिसकेका छन्।
- विश्व स्वास्थ्य संगठनले मोबाइल फोन प्रयोग र मस्तिष्क क्यान्सरबीच सम्बन्ध नभेटेको जनाएको छ, तर केही अध्ययनले विकिरण र क्यान्सरबीच सम्बन्ध देखाएको छ।
काठमाडौँ । धेरै वर्षदेखि मोबाइल फोनको विकिरणसम्बन्धी डर र चिन्ताहरू इन्टरनेटको केही कुनामा सीमित थिए, तर यो हप्ता यो मुद्दा अमेरिकी संघीय सरकारभित्र ध्यानको केन्द्रमा पुगेको छ ।
अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जूनियरले सार्वजनिक रूपमा फाइभजी टावरहरू र मोबाइल फोन विकिरणको बारेमा चिन्ता व्यक्त गरेका छन् । इलेक्ट्रोम्याग्नेटिक विकिरणले क्यान्सर, ट्युमर र डीएनएमा क्षतिसहित गम्भीर स्वास्थ्य समस्याको जोखिम बढाउन सक्ने उनले भनेका छन् ।
अमेरिकी स्वास्थ्य मन्त्रालयले मोबाइल फोन विकिरणमा नयाँ अध्ययन सुरु गरेको समयमा स्वास्थ्यमन्त्रीको यो बयान आएको हो । वैज्ञानिकहरूले पहिले नै विकिरणको असरलाई राम्ररी जाँचिसकेको मान्छन् । यस्तोमा केनेडी जुनियरको पछिल्लो अभिव्यक्तिले यसबारे पुनः बहस चर्काउने ठानिएको छ ।
यूएसए टुडेसँगको एक विशेष अन्तर्वार्तामा केनेडी जूनियरले मोबाइल विकिरणको बारेमा आफ्नो चिन्ता केवल अनुमान वा डरमा आधारित नरहेको प्रस्ट पारेका छन् । ‘सामान्यतया विद्युत् चुम्बकीय विकिरण एक प्रमुख स्वास्थ्य चिन्ता हो,’ उनले भनेका छन् ।
विशेषगरी टावरहरूको बारेमा सोध्दा उनले स्पष्ट रूपमा आफू यसबारे धेरै चिन्तित भएको बताए ।
युएसए टुडेको ‘एक्स्टमिली नर्मल’ शृङ्खलामा बोल्दै केनेडीले आफ्नो दृष्टिकोणलाई समर्थन गर्ने व्यापक वैज्ञानिक प्रमाणहरू रहेको दाबी पनि गरे । उनका अनुसार क्यान्सर, ट्युमर वृद्धि र डीएनए क्षतिसहित इलेक्ट्रोम्याग्नेटिक विकिरणको हानिकारक प्रभावहरू देखाउने १० हजारभन्दा बढी अध्ययन छन् ।
पहिले स्वास्थ्य मन्त्रालयले ‘मेक अमेरिका हेल्दी अगेन’ अभियानको हिस्साको रूपमा विद्यालयहरूमा मोबाइल फोनको प्रयोग सीमित गर्ने भनेको थियो । २२ अमेरिकी राज्यका विद्यालयहरूमा मोबाइल फोन प्रतिबन्ध लगाइएको छ । यद्यपि, यी नीतिहरू बालबालिकालाई विकिरणबाट जोगाउन होइन, बरु सामाजिक सञ्जाल, साइबरबुलिङ र निरन्तर अनलाइन रहने बानीको मानसिक स्वास्थ्य प्रभावलाई कम गर्न डिजाइन गरिएको हो ।
२०२४ सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठनले वातावरण इन्टरनेशनल जर्नलमा एक व्यापक समीक्षा प्रकाशित गर्यो । नौ देशका विज्ञहरूले यसमा १९९४ देखि २०२२ सम्म गरिएका ६३ अध्ययनको विश्लेषण गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार अनुसन्धानकर्ताहरूले मोबाइल फोनको प्रयोग र मस्तिष्क क्यान्सर बिच कुनै सम्बन्ध फेला पारेनन् । यो निष्कर्ष अघिल्ला विश्वव्यापी अध्ययनहरूसँग मेल खान्छ । २०११ मा, विश्व स्वास्थ्य संगठनसम्बद्ध अन्तर्राष्ट्रिय एजेन्सी फर रिसर्च अन क्यान्सरले रेडियोफ्रिक्वेन्सी तरंगहरूलाई ‘मानिसहरूका लागि सम्भवतः क्यान्सरजन्य’ भनेको थियो । तर यसले कुनै प्रत्यक्ष कारण र प्रभाव सम्बन्ध पुष्टि गरेको थिएन । त्यस समयमा यस श्रेणीमा अचार, तरकारी र कफीजस्ता वस्तुहरू समावेश थिए ।
प्रयोगशालामा मुसाहरूमा गरिएका केही अध्ययनले रेडियोफ्रिक्वेन्सी विकिरण र क्यान्सर बिचको सम्भावित सम्बन्ध देखाएको छ । यद्यपि, यी निष्कर्ष मानिसहरूमा प्रत्यक्ष रूपमा लागु गर्न नसकिने वैज्ञानिकहरू बताउँछन् ।
मोबाइल फोनको विकिरणलाई क्यान्सरसँग जोड्ने कुनै ठोस र स्पष्ट प्रमाण नभएकोमा हाल वैज्ञानिक सहमत छन् । यद्यपि, नयाँ अध्ययनहरू र परिवर्तनशील सरकारी अडानले बहसलाई पुनः चर्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण