स्पेनमा फेरि रेल दुर्घटना : चालकको मृत्यु, ३७ यात्रु घाइते
सारांश
- बार्सिलोना नजिकै रेल दुर्घटना हुँदा चालकको मृत्यु, ३७ जना घाइते, भारी वर्षा र आँधीका कारण पर्खाल भत्किएर दुर्घटना भएको हो।
- घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर, ६ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य छ भने रेलभित्र थुनिएका एक यात्रुलाई जीवितै उद्धार गरियो।
- बार्सिलोनाको अर्को खण्डमा पनि रेल दुर्घटना, वर्षाका कारण ढुङ्गा खसेर दुर्घटना भएको तर मानवीय क्षति नभएको बताइएको छ।
बार्सिलोना । स्पेनको बार्सिलोना नजिकै एउटा यात्रुबाहक रेल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने कम्तीमा ३७ जना घाइते भएका छन्। भारी वर्षा र आँधीका कारण ट्रयाकको सुरक्षा पर्खाल भत्किएर रेलसँग ठोक्किँदा उक्त दुःखद घटना भएको हो।
दक्षिणी स्पेनमा दुईवटा रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनाको केही दिनभित्रै बार्सिलोनामा अर्को रेल विपत्ति निम्तिएको छ। स्थानीय अधिकारीहरूका अनुसार मंगलबार साँझ गेलिडा र सान सादुर्नीको बिचमा गुडिरहेको रोडालीज रेल ट्रयाकमा झरेको पर्खालसँग ठोक्किएर लिकबाहिर पुगेको थियो।
उद्धारका लागि ११ वटा एम्बुलेन्स र ३५ वटा अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको अवस्था मध्यम र २६ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रेलभित्र थुनिएका एक यात्रुलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको छ।
यसैबिच, बार्सिलोनाको उत्तर-पूर्वमा पर्ने अर्को खण्डमा पनि एउटा रेल दुर्घटनामा परेको छ। वर्षाका कारण खसेको ढुङ्गा रेलको ‘एक्सल’मा ठोक्किँदा रेल लिकबाट चिप्लिएको स्पेनको रेल सञ्चालक संस्था एडीफले जनाएको छ। यद्यपि, सो दोस्रो घटनामा भने मानवीय क्षति भएको छैन।
बार्सिलोना क्षेत्रमा चल्ने रोडालीज रेल सञ्जालको सुरक्षा जाँचका लागि बुधबार बिहान सम्पूर्ण सेवा बन्द गरिएको छ, जसका कारण करिब ४ लाख यात्रु प्रभावित हुने अनुमान गरिएको छ।
स्पेन अहिले लगातारका रेल दुर्घटनाले स्तब्ध छ। दुई दिनअघि मात्रै अन्डालुसियाको आदामजमा दुईवटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण