नागरिक शक्ति नेपालद्वारा निर्वाचन अस्वीकार, समानुपातिकतर्फका उम्मेदवार फिर्ता
सारांश
- देवप्रकाश त्रिपाठीको नेतृत्वमा रहेको नागरिक शक्ति नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ।
- सङ्गठनले समानुपातिक तर्फका उम्मेदवारको नाम फिर्ता लिँदै निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गरेको छ।
- अराजकता, भ्रष्टाचार र बेथितिले आक्रान्त मुलुकलाई निकास दिन नसक्ने भन्दै निष्पक्ष निर्वाचन नहुने जनाएको छ।
काठमाडौँ । देवप्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अस्वीकार गर्ने निर्णय गरेको छ ।
सङ्गठनले समानुपातिक तर्फ दर्ता गरिएका २५ जना उम्मेदवारको नाम फिर्ता लिँदै निर्वाचनको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको हो ।
नागरिक शक्ति नेपालका महासचिव सुभास प्रसाद पाण्डेद्वारा मंगलबार जारी विज्ञप्तिमा अराजकता, भ्रष्टाचार र बेथितिले आक्रान्त मुलुकलाई दिगो निकास आवश्यक रहेको उल्लेख गर्दै शान्ति, स्थायित्व र समृद्धि सङ्गठनको मूल ध्येय रहेको उल्लेख छ ।
सरकार परिवर्तनबाट मात्र देशले निकास नपाउने भन्दै सङ्गठनले आमूल परिवर्तनको पक्षमा आफूहरू क्रियाशील रहँदै आएको बताएको छ ।
विज्ञप्तिमा जेनजी आन्दोलनपछिको सहमतिमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने अपेक्षा गरिएको भए पनि हालसम्मका गतिविधिले सरकार निष्पक्ष नरहने स्पष्ट भएको उल्लेख छ।
सरकारमाथि एक विशेष दलको प्रभाव रहेको, विध्वंसमा संलग्न दलसँग आबद्ध व्यक्तिहरू मन्त्री तथा सल्लाहकारको भूमिकामा रहेको कारण निष्पक्षता कायम नहुने निष्कर्षमा पुगेको सङ्गठनको भनाइ छ ।
त्यस्तै, निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वासका आधारहरू नदेखिएको र निर्वाचनपछि पनि देशले राजनीतिक निकास पाउने सम्भावनाका सङ्केत नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आफैँ द्वन्द्व र हिंसाको कारण बन्न सक्ने खतरा बढ्दै गएको र चुनावी मैदान रणक्षेत्रमा परिणत हुने सङ्केत देखिएकाले निर्वाचन अस्वीकार गर्ने निर्णय लिइएको नागरिक शक्ति नेपालको दाबी छ ।
निष्पक्ष वा सर्वपक्षीय सरकार गठन भई राजनीतिक निकासको मार्ग सुनिश्चित नभएसम्म वर्तमान सरकारले गराउने कुनै पनि निर्वाचनमा सहभागिता नरहने सङ्गठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण