गण्डकीमा २४७ उम्मेदवार : ३० महिला, १९ दलित
सारांश
- गण्डकी प्रदेशका १८ वटै क्षेत्रमा २ सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचनमा महिला र दलित समुदायको प्रतिनिधित्व कम देखिएको छ, भने प्रमुख दलहरूले समावेशी सिद्धान्तको पालना नगरेको आरोप छ।
- कतिपय क्षेत्रमा महिला उम्मेदवार शून्य छन् भने दलित उम्मेदवारको संख्या पनि कम छ।
पोखरा । गण्डकी प्रदेशका १८ वटै क्षेत्रमा २ सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मनोनयन दर्ता भएसँगै चुनावी चहलपहल बढेको छ । तर मनोनयन दर्ताको सूची हेर्दा संविधान अनुसार समावेशी सिद्धान्त बोक्न सकेको देखिँदैन । दलहरूले समावेशी सिद्धान्त अनुसार उम्मेदवार उठाउन सकेका नसकेका हुन् ।
प्रत्यक्षतर्फका उम्मेदवार अधिकांश पुरुष छन् भने महिला र दलित समुदायको प्रतिनिधित्व खासै राम्रो देखिँदैन । टिकट दिइएको ठाउँमा पनि सम्बन्धित दलको प्रभुत्व खासै छैन । १८ निर्वाचन क्षेत्रका उम्मेदवारमध्ये ३० जना मात्रै महिला छन् । प्रमुख राजनीतिक दलहरू नेकपा एमालेले २ जना महिलालाई अवसर दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले १/१ जना उम्मेदवार महिला उठाएका छन् । नेपाली कांग्रेसले एउटा पनि उम्मेदवार महिला अघि सारेको छैन ।
एमालेले तनहुँ-१ मा भगवती न्यौपाने र बागलुङ-२ मा मन्जु चालिसेलाई टिकट दिएको छ । नेपाली कम्युनिस्ट पार्टीले मनाङमा यशोदा गुरुङ सुवेदीलाई टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की-३ मा बिना गुरुङ उम्मेदवार छिन् । साना दल र स्वतन्त्र रूपमा पनि महिलाहरूले उम्मेदवारी त दिएका छन् । तर, निर्वाचित हुने सम्भावना निकै कम मात्रै छ । आम जनता पार्टीबाट तनहुँ-१ मै चिजामाया अधिकारी उम्मेदवार बनेकी छिन् भने सोही क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी रामलक्ष्मी दुवा र तनहुँ-२ मा मंगोल नेशनल अर्गनाइजेसनबाट सुष्मा आलेले उम्मेदवारी दिएका छन् ।
बागलुङ-१ मा मंगोल नेशनल अर्गनाइजेसनबाटै गुमा कुमारी बुढा उम्मेदवार छिन् । मुस्ताङमा राप्रपाले प्रभावशाली नेता कमला लालचनलाई अघि सारेको छ । नेमकिपाबाटै लमुजङमा गुहेश्वरी प्रजापति मगजु, नवलपुर-१ मा नागरिक उन्मुक्ति पार्टीबाट पार्वती पार्वती गुरुङसेनी उम्मेदवार छन् । राप्रपाले रुनकुमारी महतो, आम जनता पार्टीबाट लक्ष्मी सारू मगर उम्मेदवार छन् ।
नेमकिपाबाट गोरखा-१ मा मनु कुमारी श्रेष्ठ, गोरखा-२ मा आम जनता पार्टीले कल्पना कुमाल, नेमकिपाबाट पर्वतमा ऐलिना सुवाल, पर्वतमा आम जनता पार्टीले पवित्रा मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीबाट माया पाइजा र मंगोल नेशनल अर्गनाइजेसन लालकुमारी थापा राना उम्मेदवार बनेका छन् । उज्यालो नेपाल पार्टीबाट कास्की १ मा मनिषा द्वा, कास्की-३ मा नेशनल रिपब्लिक नेपालकी तीर्थ गुरुङ र नेमकिपाबाट मिना न्हिसुतुले मनोनयन दर्ता गरेका छन् ।
८ जना महिलाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । नवलपुर-१ मा विन्दु केसी, २ मा रिमा कुमारी भुसाल, शशिला देवकोटा न्यौपाने र सिता कुमारी लामिछाने स्वतन्त्र उम्मेदवार बनेका हुन् । गोरखा-१ मा कविता भट्टराई, पर्वतमा सिता देवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा उम्मेदवार छन् । अरू क्षेत्रमा महिलाले दाबी गरेका छैनन् । ७ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छन् ।
महिला मात्रै होइन, दलित क्लष्टरमा पनि मनोनयन उत्साहजनक छैन । १८ मध्ये १० क्षेत्रमा दलित उम्मेदवार नगण्य उठेपनि ८ क्षेत्र शून्य छन् । प्रमुख दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले स्याङजामा पदम विकलाई उम्मेदवार बनाएको छ भने अरू पार्टीहरूले दलित उम्मेदवार उठाएनन् ।
तनहुँ-२ मा नेपाल कम्युनिस्ट पार्टी माओवादीका गणेश लामगादे, बागलुङ- १ मा नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, बागलुङ- २ मा पनि सोही पार्टीबाट टेकप्रसाद कामी, मुस्ताङमा आम जनता पार्टीका अजय विक उम्मेदवार बनेका छन् । नवलपुर- १ मा नेशनल रिपब्लिक नेपालका विष्णुमान विक, म्याग्दीमा प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, म्याग्दीमा राष्ट्रिय जनमोर्चाका क्षेमबहादुर विक, स्याङ्जा- १ मा नेकपा माओवादीका सोमबहादुर परियार, स्याङ्जा १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विकलाई उम्मेदवार बनाएको छ ।
पर्वतमा नेपाल कम्युनिस्ट पार्टीका कृष्ण बहादुर विक, सोही पार्टीबाट कास्की- १ मा कुमार परियार, नेपाल जनमुक्ति पार्टीका मीन बहादुर दर्जी, नेपाल मानवतावादी पार्टीका आश बहादुर दमै उम्मेदवार छन् । कास्की- ३ मा नेपाल मातृभूमि पार्टीका ओम प्रकाश विश्वकर्मा, नेपाली कम्युनिस्ट पार्टी माओवादीका कमल खड्का विश्वकर्मा र संयुक्त नागरिक पार्टीका टेक बहादुर सार्की उम्मेदवार बन्दा एकजना मात्रै स्वतन्त्र दाबेदार छन् । स्याङ्जा- १ बाट मनोज नेपाली दर्जीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गण्डकीमा आदिवासी जनजाति उम्मेदवार भने उल्लेख्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण