विराटनगरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
बुधबार, ०७ माघ २०८२, १७ : २३
सारांश
- विराटनगर-४ मा बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
- कोशी लोकमार्गमा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धाको अस्पतालमा मृत्यु भयो।
- प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
विराटनगर । विराटनगर–४ स्थित कञ्चनबारीमा बुधबार दिउँसो बसको ठक्करबाट ७५ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–४ की स्थायी बासिन्दा डम्बरकुमारी नेपाल रहेकी छन् । कोशी लोकमार्गमा बाटो काट्ने क्रममा उनलाई प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिएको थियो।
दिउँसो करिब ३ः १५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएकी नेपाललाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।
मोरङ प्रहरीले ठक्कर दिने बस र चालक झापाका ३८ वर्षीय समिर लुइँटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण