बढुवा भएका १६ जना एसपीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, ०७ माघ २०८२, १९ : ५२
काठमाडौँ । नेपाल प्रहरीका पदोन्नति प्रहरी उपरीक्षक (एसपी)हुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बुधबार आईजीपी दानबहादुर कार्कीले डीएसपीबाट एसपीमा बढुवा भएका १६ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती छन् ।
यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा समितिले पुस २८ मा गरेको सिफारिसका आधारमा गृह मन्त्रालयले उनीहरूलाई बढुवा नियुक्ति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण