कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
सारांश
- निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ।
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी दर्तामा मुख्यमन्त्री कार्की सहभागी भएको आरोप लागेको छ, जसकारण स्पष्टीकरण सोधिएको हो।
- आयोगले मुख्यमन्त्री कार्कीलाई ३ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ, र यसअघि पनि आचारसंहिता उल्लङ्घनबारे सचेत गराएको थियो।
विराटनगर । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण माग गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मुख्यमन्त्री कार्की पनि सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै आयोगले मुख्यमन्त्री कार्कीलाई पत्र पठाएको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयन जस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।
‘प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) को उल्लङ्घन हुने देखिएकोले... तपाईँ सहभागी हुनु भएको हो वा होइन ? स्पष्टीकरण पेस गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगको पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीलाई पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा जवाफ पेस गर्न निर्देशन दिइएको छ। झापा निर्वाचन अधिकृतको कार्यालयमा भएको उक्त मनोनयन कार्यक्रममा बहालवाला मुख्यमन्त्रीको उपस्थिति कानुनविपरीत भएको भन्दै आयोगले सक्रियता देखाएको हो।
कानुन अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित सो पत्र मिति २०८२ माघ ७ गते जारी गरिएको देखिन्छ। यसअघि पनि निर्वाचनका बेला सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आचारसंहिता पालना नगरेको भन्दै आयोगले सचेत गराउँदै आएको छ।
_sEV3M7XMmh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण