बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तनाव र रोगलाई भगाउन दैनिक १५ मिनेट गर्नुस् यी काम

बिहीबार, ०८ माघ २०८२, ०७ : ०९
बिहीबार, ०८ माघ २०८२

सारांश

  • लेखमा स्वास्थ्य सुधारका लागि दैनिक १५ मिनेट गर्न सकिने ५ उपायहरू प्रस्तुत गरिएको छ।
  • गहिरो श्वास फेर्ने, छोटो पैदल यात्रा, डिजिटल डिटक्स, मनपर्ने गीत सुन्ने वा किताब पढ्ने, र प्रियजनहरूसँग कुराकानी गर्ने कुराहरू उल्लेख छन्।
  • यी १५ मिनेटका क्रियाकलापहरूले मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छन्।

काठमाडौँ । हिजोआज हामी सबैको जीवन अत्यन्त व्यस्त बनेको छ । हामी बिहान उठेदेखि राति सुत्ने बेलासम्म काम र तनावले ग्रसित हुन्छौँ । यसले गर्दा सानै उमेरदेखि नै उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढ्ने र जतिबेला पनि थाकेको महसुस हुन्छ । 

आफ्नो स्वास्थ्य सुधार गर्न घण्टौँ जिममा बिताउनु पर्छ वा धेरै पैसा खर्च गर्नु पर्छ भन्ने हामी सोच्छौँ । तर यो सत्य होइन । दिनमा मात्रै १५ मिनेट आफ्नो हेरचाह गर्दा पनि हाम्रो सम्पूर्ण जीवन परिवर्तन हुन सक्छ । 

आजको यस लेखमा, हामी आफ्नो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न हरेक दिन १५ मिनेट गर्न सक्ने पाँच कुरोबारे कुराकानी गर्नेछौँ ।
 
पहिलो काम: गहिरो सास फेर्ने
बिहान उठ्ने बित्तिकै आफ्नो आँखा बन्द गर्नुहोस् अनि बिस्तारै गहिरो सास फेर्नुहोस् । यसले तपाईंको दिमागमा अक्सिजन प्रदान गर्दछ र तनाव हर्माेन कोर्टिसोल पनि कम गर्दछ ।
 
दोस्रो काम: छोटो पैदल यात्रा
तपाईंसँग कसरत गर्ने समय छैन भने दिउँसोको खाना पछि वा साँझ १०–१५ मिनेट छिटो छिटो हिड्ने काम गर्नुहोस् । यसले तपाईंको पाचन त सुधार गर्छ नै यो मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक छ । १५ मिनेटको पैदल यात्राले तपाईंको मुडलाई तुरुन्तै ताजा बनाउँछ ।
 
तेस्रो काम: डिजिटल डिटक्स
दिनको कम्तीमा १५ मिनेटको लागि आफ्नो फोन आफूबाट टाढा राख्नुहोस् । यस समयमा, तपाईँ बिरुवालाई पानी हाल्न सक्नुहुन्छ, चराहरूको चिरबिर सुन्न सक्नुहुन्छ, वा चुपचाप बस्न सक्नुहुन्छ । स्क्रिन–फ्री समयले तपाईंको आँखा र दिमाग दुवैलाई शान्त बनाउँछ ।

चौथो काम: आफ्नो मनपर्ने गीत सुन्ने/किताब पढ्ने
केवल १५ मिनेटको लागि आफ्नो मनपर्ने गीत सुन्नुहोस् वा किताब पढ्नुहोस् । सङ्गीत सुन्दा शरीरमा डोपामाइन निस्कने अनुसन्धानले देखाउँछ । यसले दिनभरिको थकान केही भएपनि कम गर्न मद्दत गर्दछ ।
 
पाँचौँ काम: प्रियजनहरूसँग कुराकानी
दिनको १५ मिनेट परिवारका सदस्यहरू वा पुरानो साथीसँग खुलेर कुरा गर्नुहोस् । हाँस्दा र मुस्कुराउँदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । तपाईँलाई भित्रबाट खुसी महसुस गराउँछ ।
(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारीका लागि अनलाइनबाट तयार पारिएको हो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप