बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै
सारांश
- बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने निर्णयबारे माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पेश हुने भएको छ।
- तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा उनीहरूमाथि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ताले रिट दायर गरेका थिए।
- सर्वोच्च अदालतले यसअघि नै उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
काठमाडौँ । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाँल, नृपध्वज निरौला र मेघराज पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । २०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरूमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्याख्या गलत भएको दाबी समेत रिटमा गरेका थिए ।
सो रिटमा यसअघि २०८१ फागुन १ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण