अस्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्दा ३ जनाको मृत्यु, बन्दुकधारी अझै फरार
सारांश
- अस्ट्रेलियाको न्यु साउथ वेल्समा गोलीकाण्ड हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ।
- घाइते एक व्यक्तिको उपचार भइरहेको छ भने बन्दुकधारी फरार छन्, जसको खोजी भइरहेको छ।
- प्रहरीले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र घटनास्थल वरपर नजान आग्रह गरेको छ।
सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको एक सानो सहरमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ। लेक कार्गेलिगो भन्ने स्थानमा स्थानीय समय अनुसार बिहीबार दिउँसो ४:४० बजे भएको यस घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहे पनि स्थिर रहेको बताइएको छ। सिड्नी मर्निङ हेराल्डका अनुसार यो घटना घरेलु हिंसाको परिणाम हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आक्रमणपछि बन्दुकधारी स्थानीय काउन्सिलको गाडी चोरेर फरार भएको दाबी गरिएको छ। फरार अभियुक्तको खोजीका लागि भारी हतियारसहितका विशेष प्रहरी दस्ता परिचालन गरिएको छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न र घटनास्थल वरपरको क्षेत्रमा नजान आग्रह गरेको छ। करिब १ हजार ५०० जनसंख्या भएको यस शान्त सहरमा भएको यो घटनाले स्थानीयबासीलाई त्रसित बनाएको छ।
अस्ट्रेलियामा पछिल्लो समय हिंसात्मक आक्रमणका घटनाहरू बढ्दै गएका छन्। गत महिना मात्र सिड्नीको बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा १५ जनाले ज्यान गुमाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण