भारतमा टी–२० विश्वकप खेल्न बंगलादेशद्वारा अस्वीकार
ढाका । बंगलादेशले भारतमा हुने आगामी टी–२० विश्वकप खेल्न अस्वीकार गरेको छ ।
बिहीबार राष्ट्रिय टोलीका खेलाडीहरूसँगको बैठकपछि बंगलादेशका खेल सल्लाहकार आसिफ नजरुलले विश्वकप खेल्ने इच्छा भए पनि भारतमा आफ्ना खेलाडी र सहायक कर्मचारीको सुरक्षालाई लिएर चिन्ता रहेको बताएका छन् ।
यसैबिच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग पुनः कुरा गर्ने र आफ्ना चिन्ताहरूमा ध्यान दिन आग्रह गर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को बोर्ड बैठकमा केही निर्णयहरू चकित पार्ने खालको रहेको उल्लेख गर्दै बंगलादेशले यस विषयमा आफ्नो लडाई जारी राख्ने र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँगको वार्ता बन्द नगर्ने स्पष्ट पारेका छन् ।
एक दिनअघि जनवरी २१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डलाई भारतमा विश्वकप खेल्नेबारे निर्णय गर्न एक दिनको समय दिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बोर्ड बैठकमा बंगलादेश क्रिकेट बोर्डको खेल स्थल परिवर्तन गर्ने मागलाई पनि खारेज गरिदिएको थियो । बंगलादेशले सुरक्षा कारण देखाउँदै आफ्ना खेलहरू भारतको सट्टा श्रीलंकामा सार्न माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण