फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु
सारांश
- अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ।
- फिल्मको छायाङ्कन दाङ र रोल्पाका विभिन्न स्थानमा हुनेछ, जसमा दयाहाङ राई लगायतका कलाकारको अभिनय रहनेछ।
- यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।
काठमाडौँ । फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका निर्माता जनक घर्तीमगर हुन् ।
सामाजिक कथा वस्तुमा आधारित रहेर निर्माण हुन लागेको फिल्मको छायाङ्कन दाङ र रोल्पाका विभिन्न स्थानमा हुनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगर (खबपु) लगायतको अभिनय रहनेछ।
सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेन फिल्मको संगीत श्रीकृष्ण बम मल्लको छ । आरआर फिल्मसको वितरक रहने फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण