शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२५औँ सशस्त्र प्रहरी दिवसमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह प्रवक्ता थापालाई

शुक्रबार, ०९ माघ २०८२, १४ : २२
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई  नगद सहित प्रसंसापत्र प्रदान गरेका हुन् । योसँगै उनी चौथो पटक सङ्गठनबाट पुरस्कृत भएका छन् । 

सङ्गठनको गतिविधि छिटो छरितो र सहज ढङ्गले सञ्चारमाध्याम उपलब्ध गराई प्रचारप्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेबापत सशस्त्र प्रहरी नायव उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो ।

हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्ताको जिम्मेवारीमा रहेका छन् । यसअघि उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सङ्गठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरूको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा IG APF commendation प्रदान गरिएको थियो ।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथो पटक  पुरस्कृत भएका हुन् । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब ७ वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप