कैलालीमा स्वतन्त्र उम्मेदवारी दिएका राठौर र पाठकले लिए उम्मेदवारी फिर्ता
सारांश
- कैलालीमा दुई स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
- कैलाली क्षेत्र नम्बर २ बाट मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ बाट जनकराज पाठकले उम्मेदवारी फिर्ता लिए।
- राठौर र पाठक दुवैले निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि उम्मेदवारी सूचीबाट हटाइयो।
धनगढी । कैलालीमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कैलाली क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोहनसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका जनकराज पाठकले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरू दुवैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफूले उम्मेदवारी फिर्ता लिएको बारे पत्र पठाएका थिए। सोही कारण निर्वाचन कार्यालयहरूले उम्मेदवारी सूचिबाट हटाएको जानकारी गराएको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवारी लिएका ७२ वर्षका राठौर २०५६ सालको आम निर्वाचनमा क्षेत्र २ बाट नेकपा एमालेबाट चुनावमा उठेका उनी पराजय भए ।
फेरि २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट उठेका उनी पराजय भए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कैलाली– २ मा नेकपा एमालेबाट चुनाव जितेका थिए ।
२०७४ सालको चुनाव उनी प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। नेपाली कांग्रेसबाट यही क्षेत्रमा चुनाव उठेका उनी पराजय भए। यस्तै २०७९ सालको प्रतिनिधि सभाको चुनावमा यहाँ माओवादी र नेपाली कांग्रेसको गठबन्धन हुँदा माओवादीका उम्मेदवारलाई कांग्रेसले समर्थन गरेको थियो। अहिलेको चुनावमा भने उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए तर फिर्ता लिए ।
यस्तै क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका जनकराज पाठक पेसाले अधिवक्ता हुन्। उनी धनगढीका बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण