प्रतिनिधि सभा निर्वाचन
फागुन २१ : देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा
शुक्रबार, ०९ माघ २०८२, २० : १९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् ।
निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा १ जना चुनावी मैदानमा होमिएका हुन् ।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको छ ।
समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए ।
माघ १० गते दाबी विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण